तमु ल्होसार (तस्बिरहरु) « Image Khabar


तमु ल्होसार (तस्बिरहरु)


104
Shares

काठमाडौं, पुष १५ । बिहीबार तमु ल्होसार । गुरुङ समुदायले बिहीबार हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ ।

गुरुङ समुदायले आजबाट गाई वर्षलाई विदा गरेर बाघ वर्षलाई स्वागत गर्दैछन् । ल्होसारले किसानी जीवनशैली तथा मौसम र प्रकृतिको निकटता प्रतिविम्बित गरेको हुन्छ । ल्होसार नेपालमा मात्र होइन, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।