सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान « Image Khabar


सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान


182
Shares

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।

आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गर्नुभयो । ज्येष्ठ नागरिकको सम्मानकै लागि सरकारले सामाजिक सुरक्षा भत्ता, सार्वजनिक क्षेत्रका विभिन्न सेवामा सुविधा दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकहरुको सम्मान प्राप्त गरेकोमा खुशी प्रकट गर्दै यो नेपालको इतिहासमा स्मरणीय रहने बताउनुभयो ।

जोशीले सादा जीवन उच्च विचार लिएर जीवनलाई सन्तोषमय बनाउन सुझाव दिनुभयो । दिवसकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्दै जेष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।