एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि « Image Khabar


एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि


104
Shares

कैलाली, पुष ११ । विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४.२ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो ।

एपिएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाइन । ममता चौधरीले १७ रन थपिन् । ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योती र ममताले जितसम्म डोराएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् ।

यसअघि एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाइन् । अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट ििलइन् ।