२५ जेष्ठ २०८०, बिहिबार | Fri Jun 9 2023


सारा र समिरको फिचरिङमा ‘जय हो सरकार’ सार्वजनिक


338
Shares

काठमाडौं । सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्‍यापर शेखर बगडियाको स्वर रहेको छ ।

गीतमा युवा अवस्थामा रहेका युवा युवती बीचको रोमान्सलाई गीतमा समेटिएको छ । यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मानन्धरको संगीत रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, अमृत चापागाईँको सम्पादन, श्रृजन बरालको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् ।