सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश « Image Khabar


सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश

एन्केतियाले गरे ह्याट्रिक

78
Shares

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए ।

जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा सण्डरल्याण्ड बाहिरिएको छ । लिग कपका बाँकी तीन वटा क्वाटरफाइनल खेलहरु आज हुनेछन् । आज राति ब्रेन्टफोर्ड र चेल्सी, लिभरपुल र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड भिड्नेछन् ।