
एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । २० पटकका ग्रान्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालबाट आफूलाई कोभिड संक्रमण भएको सार्वजनिक गरेका हुन् ।
युएईको आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएपछि नदाललाई कोरोना संक्रमण देखिएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नदाल बेलायती खेलाडी एन्डी मरेसँग पराजित भएका थिए ।
संक्रमण देखिएपछि ३५ वर्षीय नदाल अहिले सेल्फ आईसोलेसनमा बसेका छन् । सुरुमा स्वास्थ्य अवस्थामा केही असहज महसुस भएपनि अहिले विस्तारै स्वास्थ्य अवस्थामा सुधार आइरहेको नदालले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्