भरतपुर महानगरद्वारा छ रात सात दिनमा घुमिसक्ने पर्यटकीय गन्तव्यहरू सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Wed Sep 28 2022


भरतपुर महानगरद्वारा छ रात सात दिनमा घुमिसक्ने पर्यटकीय गन्तव्यहरू सार्वजनिक


871
Shares

चितवन । पर्यटक बढाउन भरतपुर महानगरपालिकाले पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ ।

शनिबार विहान नारायणी नदी किनारमा कार्यक्रम गरी स्वर्ण त्रिकोण कार्यक्रम अन्तर्गत महानगरभित्र भएका पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरिएको हो ।

महानगरपालिकाले छ रात सात दिनभित्र घुम्न सकिने प्रमुख पर्यटकीय गन्तव्यहरू छनोट गरेको छ ।

महानगले पोखरा र लुम्बिनीसँग भगीनी सम्झौता गरेर एक अर्काको ठाउँमा भित्रिएका पर्यटकलाई तीनै ठाउँमा घुम्न प्रेरित गर्नेगरी कार्यक्रम अघि बढाइएको महानगरप्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

लुम्बिनीमा आएका पर्यटकलाई चितवन तान्ने, चितवनबाट पोखरा पुर्याउने साथै यही चक्रमा तीनवटा स्थानीय तहले समन्वय गरेर पर्यटक बढाउने योजना रहेको उहाँको भनाइ छ ।