‘पठान’ को तयारीमा शरीर बनाउदै किङ खान « Image Khabar


‘पठान’ को तयारीमा शरीर बनाउदै किङ खान


13
Shares

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आफ्नो नयाँ फिल्म ‘पठान’को तयारीमा छन् । यस फिल्मको लागी शारुखले घरमा बसेर शारीरिक अभ्यास (वर्कआउट ) गरीरहेका छन् । शाहरुख आफ्नो व्यक्तिगत ट्रेनर हायर गरेर शारीरिक अभ्यास गरिरहेका छन् ।

केही समय पहिला अभिनेता शाहरुख खान आफ्नो छोरा आर्यन खानकाकारण विवादमा आएका थिए । आर्यन क्रुज ड्रग्स पार्टीमा छापा मार्ने क्रममा भेटिएका थिए ।

त्यसपछि नार्कोटिक्स कन्ट्रोल व्युरोले उनलाई जेल चलान गरेको थियो । मुम्बइ उच्च अदालतले आर्यन खानलाई जमानतमा छोडेको थियो । उच्च अदालतले आर्यन खानको विरुद्ध कुनै पनि प्रमाण फेला नपारेपछि उनलाई छोडिदिएको थियो ।

त्यतिबेला शाहरुखले आफ्नो सबै कामहरुलाई रोकेका थिए । त्यस्तै उनले सबै सुटिङ तथा व्यतिmगत काम समेत रोकेका थिए । उनको यो फिल्म एक्सनमा आधारीत रहेको छ । त्यसैले गर्दा उनी आफ्नो शरीरलाई सोही फिल्मअनुसार ढाल्ले कोसीसमा छन् । २०२२ देखी उनले आफ्ना सबै कामहरु सुरु गर्नेछन् ।