२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एभर्टनसँग चेल्सी बराबरीमा रोकियो


91
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा जारार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए ।

बराबरीसँगै चेल्सी ३७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । एभर्टन १९ अंक जोडेर १४औं स्थानमा छ ।