Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


रक्षामन्त्री रिजालद्वारा पदबाट राजीनामा दिने घोषणा


2k
Shares


काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले जारी मतगणामा पछि परेपछि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । सामाजिक संजाल ट्वीटर मार्फत रिजालले राजीनामा घोषणा गर्नुभएको हो ।

रिजालले लेख्नुभएको छ “नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहँदा रिजाल भने पछि पर्नु भएको छ ।