२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बलिउड अभिनेत्रीद्वय अमृता र करिनालाई कोरोना


221
Shares

काठमाडौं । बलिउड अभिनेत्रीद्वय अमृता अरोडा र करिना कपुर खान कोरोना संक्रमित भएका छन् । उनीहरु संक्रमित भएसँगै करीनाको पिता रणधीर कपुरले यो खबरलाई बाहिर ल्याएका थिए । करिना र अमृता दुबै साथी केहि समय देखि विभिन्न पार्टीमा सहभागी हुँदै आएका थिए । उनीहरु करण जौहरको कभि खुसी कभी गम २० बर्ष पुरा भएको पार्टीमा र रिया कपुरको हाउस ग्यादरीङमा पनि सहभागी थिए ।

त्यो पार्टीहरुमा अरु थुप्रै बलिउड कलाकार सहभागी थिए । करिना र अमृतलाई कोरोना संक्रमण भेटिए पछि पार्टीमा रहेका अन्य कलाकारहरुलाई पनि खतरा देखिएको छ । करिना र अमृताको सम्पर्कमा आउने सबैलाई कोरोना परिक्षण गर्न बिएमसीले अपिल गरेको छ । केहि दिनदेखि यी दुवै अभिनेत्रीले आफुलाई घरमै आइसोलेसनमा बसेका छन् ।