मिस युनिभर्स २०२१ को उपाधि भारतीय सुन्दरी हरनाज सान्धुलाई « Image Khabar


मिस युनिभर्स २०२१ को उपाधि भारतीय सुन्दरी हरनाज सान्धुलाई


39
Shares

काठमाडौं । भारतीय सुन्दरी हरनाज सान्धुले मिस युनिभर्स २०२१ को उपाधि जितेकी छन् । इजरायलमा आयोजीत ७० औँ मिस युनिभर्स २०२१ को उपाधि हरनाज ले हात पारेकी हन् ।

गत बर्षकी मिस युनिभर्स मेक्सीकन मोडल एन्ड्रिया मेजाले ताज लगाइदिइन् । मिस युनिभर्सको प्रतिस्पर्धामा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । मिस युनिभर्स प्रतिस्पर्धामा सुजिताले नेपालको चिनारी झल्कीने कस्टियुममा प्रस्तुत भएकी थिइन् ।

भारतले २१ बर्ष पछि मिस युनिभर्सको उपाधि जीतेको हो । यो भन्दा अगाडी २००० मा लारा दत्ता मिस युनिभर्स भएकी थिइन् । र १९९४ मा सुस्मिता सेन मिस युनिभर्स भएकी थिइन् । हरनाज भारतको चंडीगढ मा रहदै आएकी छिन् । उनले २०१७ मा सिस चंडिगढ को उपाधि जीतेकी थिइन् । २०१९ मा भएको मिस इन्डीयामा उनले सहभागीता जनाएकी थिइन् । जहाँ उनले उत्कृष्ट १२ मा आफ्नो स्थान बनाएकी थिइन् ।