२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाहुनाहरुको सुरक्षामा ध्यान दिन होटल संघको आग्रह


0
Shares

काठमाडौं, माघ १३ । पाहुनाहरुको सुरक्षामा ध्यान दिन होटल संघ नेपालले सदस्य होटलहरुलाई अपिल गरेको छ ।

दामनस्थित एभरेस्ट प्यानोरोमा रिजर्टमा ८ जना भारतीय पर्यटकहरुको कोठामा सुतिरहेकै अवस्था भएको निधनप्रति संघले गहिरो दुःख व्यक्त गर्दै सुरक्षा संयन्त्रहरु अपनाउन सदस्य होटलहरुलाई आग्रह गरेको हो ।

आफ्नो सदस्य होटलमा यही माघ ७ गते भएको निधनप्रति संघले झन्डै साता दिनमा सोमबार विज्ञप्ति जारी गरी समवेदना प्रकट गर्दै पाहुनाहरुको सुरक्षामा कुनै कमी हुन नदिन ध्यानाकर्षण गराएको हो ।

हालै राजपत्रमा प्रकाशित पाँचतारे डिलक्स होटलदेखि होमस्टेहरुको वर्गीकरण र मापदन्ड निर्धारणको पूर्णरुपमा परिपालना गरी पाहुनाहरुको सुरक्षासम्बन्धी सम्पूर्ण संयन्त्रहरु अपनाउन संघले सदस्य होटलहरुलाई अपिल गरेको छ ।