
काठमाडौं, माघ १३ । सोमबार पनि सुन–चाँदीको भाउ उकालो लाग्नेक्रम जारी रह्यो ।
स्थानीय बजारमा सुनको भाउ पुनः तोलाको ७६ हजार रुपैयाँ पुग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार पनि तोलामा ३०० ले बढेर तोलाको ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १५ सय ८२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्