१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


अन्नपूर्ण मिलबाट चिनी निकासीमा किसानको अवरोध


0
Shares

सर्लाही, माघ ११ । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमबाट चिनी निकासी गर्न किसानले अवरोध गरेका छन् ।

उद्योगीले सरकारलाई गत वर्षको चिनी बिक्री गरेपछिमात्र भुक्तानी दिने भनेपछि किसानहरुले भने अवरोध गरेका हुन् ।

शनिबार बिहान स्थानीय प्रशासनसँग समन्वय गरी उद्योगको चिनी बिक्रीका लागि अन्यत्र सार्ने तयारी गरिएको थियो ।

तर, किसानले गत वर्ष पनि उद्योगीको तर्फबाट यस्तै प्रतिबद्धता जनाइएको तर पछि भुक्तानी नदिएको भन्दै चिनी निकासी गर्न नदिएका हुन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गृह र उद्योग मन्त्रालयले चिनी निकासीको व्यवस्था मिलाइदिन पत्राचार गरेकाले सुरक्षाकर्मी परिचालन गरी उद्योगबाट चिनी निकासी गर्ने प्रयास गरिरहेको जानकारी दिए ।

किसानलाई सम्झाइ–बुझाइ गरेरमात्रै चिनी निकासी गरिने जिसीले बताए ।

सरकारसँग गत पुसमा भएको सहमतिपछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोडमध्ये तीन करोड ९० लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ ।