भारतीय सेना प्रुमखसहित १४ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त « Image Khabar


भारतीय सेना प्रुमखसहित १४ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त


0
Shares

एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा परेको छ । तमिलनाडुको कुन्नुरमा बुधबार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स विपिन रावत आफ्ना परिवारका सदस्य र उच्च अधिकारीसहित सवार भएको बीबीसीले जनाएको छ ।

हेलिकप्टरमा १४ जना सवार रहेको समाचारमा उल्लेख छ । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जनरल रावतको अवस्था अझैसम्म अज्ञात रहेको छ । दुर्घटनाग्रस्त हेलिकप्टर पूरै क्षत विक्षत भएको छ ।