१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विश्वकप फुटबलमा आज तीन खेल


0
Shares

काठमाडौं, असार १ । विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् ।

समूह ‘ए’को दोस्रो खेलमा इजिप्टले उरुग्वेको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार शुक्रबार साँझ पौने ६ बजे सुरु हुनेछ ।

शुक्रबारै समूह ‘बी’का दुई खेल हुनेछन् । नेपाली समयअनुसार बेलुकी पौने ९ बजे मोरक्को र इरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगल आमने–सामने हुनेछन् ।

स्पेन र पोर्चुगलबीचको खेललाई समूह चरणको सबैभन्दा कठिन खेलकारुपमा हेरिएको छ । यो खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्नसक्छ ।

क्रिस्टियानो रोनाल्डोको पोर्चुगल साविक युरोपियन च्याम्पियन हो । दुई वर्षअघि युरो च्याम्पियनसिप जित्दा फाइनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिलेपनि तिनै खेलाडीहरुको बाहुल्यता रहेको छ ।

स्पेनमा पनि विश्वकै चर्चित खेलाडीहरु रहेका छन् ।