प्रदेश १ माथि गण्डकी प्रदेशको रोचक जित « Image Khabar


प्रदेश १ माथि गण्डकी प्रदेशको रोचक जित


0
Shares

काठमाडौं । प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकी प्रदेशले राजधानीमा जारी यु-१९ क्रिकट प्रतियोगितामा फाइनल प्रवेशका लागि सम्भावना कायमै राखेको छ ।

कीर्तिपुर स्थित क्रिकेट मैदानमा बिहीबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई १ विकेटले हराउँदै लिग चरणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दा फाइनल प्रवेश सम्भावनालाई जिवित राख्यो ।

गण्डकी आजको जितले मात्र फाइनल पुग्ने छैन् । उसले फाइनलका लागि भोली हुने सुदुर पश्चिम र बागमती प्रदेशबीचको खेल कुर्नुपर्नेछ ।

बिहीबारको खेलमा प्रदेश १ ले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले प्रदेश नम्बर २ माथि दुई विकेटको संघर्षपूर्ण जित निकाल्यो ।

कर्णालीविरुद्ध पराजित भएसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ ।