
काठमाडौं, मंसिर १५ । बेलायती टेनिस स्टार जोहाना कोन्टाले सन्यास घोषणा गरेकी छिन् ।
पूर्व विश्व नम्बर ४ कोन्टाले बुधबार टेनिस खेल जीवनबाट सन्यास घोषणा गरेकी हुन् ।
३० वर्षीया कोन्टाले विज्ञप्ति निकाल्दै सन्यास घोषणा गरेकी हुन् । कोन्टा पछिल्लो समय घुँडाको चोटबाट पीडित थिइन् । कोन्टा बेलायतमा आफ्नो पुस्ताको सफल महिला टेनिस खेलाडी मानिन्छन् ।
उनी चार पटकको डब्लुटिए च्याम्पियन पनि हुन् । उनले २०१७ मा विम्बल्डनको सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
२०१६ मा अष्ट्रेलियन ओपन, २०१९ मा फ्रेन्च ओपनको अन्तिम चारमा पुगेकी कोन्टा २०१९ को युएस ओपनको क्वाटरफाइनलमा पुगेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्