
मोरङ । बुधनगरमा रहेको एकीकृत जाँच भन्सार विन्दु (आईसिपी) आजबाट सञ्चालनमा आउने भएको छ ।
भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि आजबाट आईसिपी सञ्चालनमा आउन लागेको हो ।
संघीय आयोजना कार्यान्वयन इकाइ मोरङका सूचना अधिकारी राजु शर्माले आज भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीलाई संयुक्त रुपमा भिडियो कन्फ्रेन्स मार्फत आईसिपीको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
त्यसलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसिपी सञ्चालननमा ल्याउने तयारी भएको छ । भारतीय पक्षले यसअघि गएको भदौ १५ मा नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो ।
तर विद्युत जडान र वाल निर्माणको सम्पूर्ण काम पूरा नभएपछि आइसिपी हस्तान्तरणको अवधि पाँच महिना पछाडि धकेलिएको थियो ।
बुधनगरमा आइसीपी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो ।
आईसिपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्