विश्वमा भएका ७ खतरनाक एयरपोर्ट « Image Khabar


विश्वमा भएका ७ खतरनाक एयरपोर्ट


0
Shares

एजेन्सी । यात्राको लागि सबैभन्दा सहज र छिटो सवारीसाधन हो, हवाइजहाज । यात्राको लागि सहज भए पनि अन्य सवारीसाधन भन्दा बढि खर्चिलो छ । हवाइजहाजको उडान र अवतरणका लागि बनाइने विमानस्थल पनि खर्चिलो गरी नै बनाइन्छ ।

दूरीको हिसावले मात्र नभएर विमानस्थलका कारण पनि हवाइभाडा महंगो पर्न जान्छ । अप्ठ्यारा र खतरनाक विमानस्थलको उडान भर्ने आँट एकदमै अनुभवी र कम पाइलटहरुले मात्र गर्छन् । त्यसकारण पनि यस्ता खतरनाक विमास्थलमा जाँदा भाडा महंगो हुनेगर्छ ।

आज हामी हवाइ भाडाको विषयमा भन्दा पनि विश्वका सबैभन्दा खतरनाक विमानस्थलको बारेमा चर्चा गर्न गइरहेका छौं । जसमध्ये एउटा विमानस्थल नेपालमा पर्छ ।

१. म्याडेरा, पोर्चुगल– म्याडेराको विमानस्थल उच्च स्थानमा रहेको हुनाले यहाँ अवतरणमा समस्या हुने गरेको छ । अत्यधिक हावा चल्ने भएकाले अवतरणमा समस्या हुने गरेको र कतिपय अवस्थामा हावा अत्यन्त घातक सावित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

२. सिन्ट मार्टेन– समुन्द्री तटसँगै बनेको यस विमानस्थलमा अवतरणको समय अत्यन्त सावधानी अपनाउनुपर्नेछ । यहाँ जहाजको उडान र अवतरण समुन्द्री तटमा रहेका मानिसहरूको टाउको माथिबाट हुनेगर्छ । यो दृश्य हेर्न आनन्ददायी भए पनि उत्तिकै खतरनाक हुने विज्ञहरू बताउँछन् ।

३. पारो, भुटान– पारो विमानस्थल समुन्द्र सतहबाट करिब ७ हजार ३ सय ६४ फिटको उचाइमा रहेको भुटानको एकमात्र विमानस्थल हो । अहिलेसम्म थोरै पाइलटलाई मात्र यस विमानस्थलमा उडानको अनुमति दिइएको छ । राम्रो भिजिविलिटीमा मात्र यहाँको विमानस्थलमा उडान भर्न सकिने अध्ययनले देखाएको छ ।

. लन्डन, बेलायत– बेलायतको राजधानी लन्डनमा आजकल हवाइ यात्रा असामान्य बनेको छ । शहरको बीचमा विमानस्थल भएकाले पनि यहाँ उडान र अवतरणमा समस्या हुने गरेको हो । वरपर घरैघरले घेरिएकाले यो विमानस्थलमा अवतरण गर्दा हेलिकप्टरबाट ल्याण्ड गरेकोजस्तो महसुस हुने अवतरण गर्ने यात्रुको अनुभव छ ।

५. लेह, भारत– समुन्द्री सतहबाट १० हजार ६ सय ८२ फिटको उचाइमा रहेको लेह विमास्थल विश्वको २३औं अग्लो स्थानमा रहेको विमानस्थल हो । चारैतर्फ पहाडले घेरिएको र एकदमै छोटो रनवे भएकाले यो विमानस्थल खतरनाक मानिन्छ । दिउँसो जोडले हावा चल्ने भएकाले यहाँ विहानको समयमा मात्र उडान र अवतरण गरिन्छ ।

६. कन्गोनहास, ब्राजिल– पानी निकासको समस्याको कारणले साओ पाउलोको आन्तरिक विमानस्थललाई खतरनाकको सूचीमा राखिएको हो । पानी निकासकै कारण सन् २००७ मा यहाँ विमान दुर्घटना भएको थियो । सुधारका लागि प्रयास भए पनि विमान अवतरण आज पनि सजिलो काम भने होइन ।

. लुक्ला, नेपाल– चारैतिर पहाड, तीव्र हावाहुरी र छोटो धावनमार्ग, यी सबैले नेपालको यो विमानस्थल जोखिमपूर्ण बनाएको छ । यसलाई संसारको सबैभन्दा खतरनाक एयरपोर्ट पनि भनिन्छ । यसको धावनमार्ग पहाडको बीचमा रहेको चट्टानमा छ, जसको लम्बाइ १ हजार ७ सय २९ फिट मात्र छ । धावनमार्गको अगाडि गहिरो खाडल छ ।