९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


‘नजर झुकेझैँ लाग्यो’मा मालिका र निराजनको जोडी


0
Shares

काठमाडौं । थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतमा दर्शकले लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई देख्न पाउने भएका छन् ।

सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ । दर्शकमाझ सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा राजेश पुमा राईको निर्देशन रहेको छ ।

गीतको म्युजिक भिडियोले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया र अथाह स्नेह पाउने अपेक्षा थ्री मंकिजले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस