Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


राज्यसत्ता परिवर्तन भए पनि मानसिकतामा परिवर्तन भएको छैन् : मन्त्री भट्ट


0
Shares

काठमाडौं, माघ ६ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा राज्यसत्ता परिवर्तन भए पनि काम गर्ने मानसिकतामा परिवर्तन नभएको गुनासो गरेका छन् ।

नेपाल इन्टरमोडल यातायात बिकास समितिको २२औ बार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा उनले मानसिकता परिवर्तन नभएसम्म भनेजस्तो परिणाम ल्याउन सकिंदैन भने ।

नेपाल सुख्खा बन्दरगाह, कन्टेनर फ्रेष्ट स्टेसन लगायतका भौतिक पूर्वाधारको बिकासबाट व्यापार सहजिकरणमा टेवा पुर्‍याउँदै ब्यापारिक लागत तथा समय न्यून गराइ वैदेशिक व्यापार प्रबद्र्धन गर्ने उद्धेश्यले नेपाल इन्टरमोडल यातायात बिकास समितिको स्थापना गरिएको थियो । 

Skip This