२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मंसिर ५ र ६ गते खेल नीति सम्मेलन


0
Shares

काठमाडौं, कात्तिक २९ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले खेल नीति सम्मेलनको आयोजना गर्ने भएको छ ।

देश संघीय संरचनामा गएपनि राज्यका निकायबीच आवश्यक सहकार्य हुन नसकेको निष्कर्श सहित (नेकोस)ले मंसिर ५ र ६ गते काठमाडौंमा खेल नीति सम्मेलन आयोजना गर्ने जनाएको हो । खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताउनुभयो ।

विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल क्षेत्रका संघका नेतृत्व, खेलसँग सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरुसहितको सहभागीता हुने सो सम्मेलनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।