रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी


0
Shares

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

घटनास्थलमा खटिएका एस.पी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेका हुन् । मृतकको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएकोछ ।