
काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादेशमा भएको बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप ट्वेन्टी ट्वेन्टी श्रृंखला जितेको छ ।
बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालले तीन खेलको श्रृख्ांला २/१ ले जितेको हो । घरेलु टोलीले दिएको ५४ रनको झिनो चुनौति नेपालले १४ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । सरिता मगर र कबिता जोशीले अविजित रहँदै १४ तथा सरिता मगरले अविजित रहँदै १३ रन जोडिन् ।
पहिले ब्याटिङ्ग गरेको बीकेएसपीले १६ ओभर ५ बलमा अलआउट हुँदै ५३ रनमात्रै जोड्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ४, करुणा भण्डारीले २ तथा कबिता कुँवर र सीता रानाले १/१ विकेट लिए ।
रुबिना प्लेयर अफ द सिरिज भएकी छिन् । यसअघि पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल ५ विकेटले हारेको थियो । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बंगलादेशमा बन्द प्रशिक्षणका लागि गएको थियो ।
प्रतिक्रिया दिनुहोस्