इन्स्पेक्टर पृथ्वी खनाल र रचना रिमालको स्वरमा ‘आऊ हामी सँगै बसौं’ सार्वजनिक « Image Khabar


इन्स्पेक्टर पृथ्वी खनाल र रचना रिमालको स्वरमा ‘आऊ हामी सँगै बसौं’ सार्वजनिक



काठमाडौं । सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र गायिका रचना रिमालको स्वरमा ‘आऊ हामी सँगै बसौं’ बोलको गीत सार्वजनिक भएको छ ।

यशोदा महतको शब्द, करणराज कार्कीको संगीत र देवेश राईको संगीत संयोजन रहेको गीतको भिडियोमा स्वयं इस्पेस्क्टर खनालको निर्देशन रहेको छ ।

गायक र गायिका नै फिचर्ड भएको भिडियोमा पिटर गुरुङको छायांकन र विष्णुहरि तिमल्सिनाको सम्पादन छ ।