
काठमाडौं । सन् २०१९ मा बलिउड सुपरस्टार अक्षय कुमार एक नम्बर नायक बने ।
सात सय ६० करोड कुल व्यापार गरेर अक्षयले बलिउडको सिने उद्योग पकडमा राखे ।
उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए । तर हालै उनीविरुद्ध प्रहरीमा परेको उजुरीले भने खैलाबैला ल्याएको छ ।
अक्षयले खेलको एउटा विज्ञापनका कारण मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको हो ।
उनीमाथि मराठी समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ ।
अक्षयले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट)को विज्ञापनमा अभिनय गरेका थिए ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्