Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


कर्ण दासका छोरा मर्कुशको पहिलो म्युजिक भिडियो सार्वजनिक


26
Shares

काठमाडौं । गायक कर्ण दासका छोरा मर्कुश दास पहिलो म्युजिक भिडियो लिएर आएका छन्। शुक्रबार उनको युट्युब मार्फत थाहा छैन बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ।

मर्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए। गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो।

स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन। त्यसबाहेक पनि गायक मर्कुशले दुई गीत गाएका छन् जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो।

पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका म्युजिक भिडिओ निर्देशक पनि हुन्।

२५ वर्षीय मर्कुशको मात्र नभई भिडियोमा सम्बद्ध धेरै जनाका लागि नयाँ अनुभव बनेको छ। अष्ट्रेलियामा छायांकन भएको भिडियोमा सुबिर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन्। प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई सुदीप विष्टले सम्पादन गरेका छन्।

‘थाहा छैन’ शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो।