७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन


0
Shares

काठमाडौं, असोज ३ । भाद्र शुक्ल द्वादशीका दिन मनाइने इन्द्रजात्रा आइतबार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको छ ।

हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आइतबार विधिवत रुपमा पूजा गरि मनाइएको हो ।

इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

जात्राका अवसरमा राष्ट्रपति भण्डारीले गणेश, भैरव र देवताका सेनापति कुमारको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिनुभएको थियो ।