२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


हास्य कलाकार केसीको निधन


0
Shares

काठमाडौं, असोज ३ । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ ।

एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो ।

६९ वर्षको उमेरमा निधन भएका उनको पार्थिव शरिर आइतबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।

२००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका केसी लामो समयदेखि कलाकारितामा संलग्न थिए ।

केसीका श्रीमती, दुई छोरा, तीन छोरी छन् ।