तेह्रथुम । तेह्रथुमको पञ्चकन्या र फाक्चामाराको सिमानामा पर्ने सन्सारे बजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ । सडक सञ्जालहरु गाउँ–गाउँमा पुगेपनी प्रहरी चौकी नहुँदा स्थानीय बासिन्दाले सुुरक्षाको अनुभुति गर्न पाएका थिएनन् ।
लामो समयपछि स्थानीयको पहलमा प्रहरी चौकी स्थापना भएपछि यहाँका बासिन्दाले सुरक्षाको अनुभूति गर्न पाएका छन् । प्रहरी चौकी स्थापना भएसँगै यहाँका बिकृति र बिसंगति अन्त्य हुने अपेक्षा स्थानीयको छ ।
समाजमा हुने अपराधलाई न्युनिकरण गर्दै सर्वसाधारणको जिवन रक्षाका लागि सहकार्य गर्ने छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताउनु भयो । प्रहरीचौकी स्थापना भएसँगै यस क्षेत्रका नागकिरहरुले शान्तिसुरक्षा पाउने कुरामा ढुक्क बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्