६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नबिल बैंकको आकर्षक दशैं अफर, ९.२६ प्रतिशत ब्याजदर


0
Shares

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको अवसरमा नबिल बैंकले दशैं अफर घोषणा गरेको छ ।

बैंकले असोज १ गतेदेखि एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२६ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको सञ्चार विभागले जनाएको छ । यसमा ० दशमलव ५ प्रतिशत प्रिमियम थप गरिनेछ ।

देशभरका १ सय ३५ वटा शाखा कार्यालयबाट यो सेवा लिन सकिने बैंकले जनाएको छ । बैंकले १ सय ८५ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत सञ्जालमार्फत गुणस्तरीयसेवा प्रदान गर्दै आइरकेको छ ।