एजेन्सी । बलीउड नायिका सारा अली खानले नीलो र सेतो स्विमिंग कस्टुममा एक भिडियो सार्वजनिक गरेकी छन् । समुद्रको छालहरुको बीचमा पोज दिदै खिचिएको भिडियो साराले सार्वजनिक गरेकी हुन् ।
जसका कारण सारा चर्चामा छिन् । भिडियो बाहिरिएपछि साराको चर्चा हुन थालेको हो । यतिबेला उनको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफ्नो कपाल उडाउदै समुन्द्रको किनारमा पोज दिइरहेकी छिन् ।
उनका प्रशंसकहरुले साराको कपाल र उनको हावामा उड्ने शैली धेरै मन पराएका छन् । उनका प्रशंसकहरुले उनको लुक्स मन पराउदै भिडियोमा मुटु र आगोको इमोजीसहितको प्रतिक्रिया दिइरहेका छन्।
सुन्दरी सारा अलि खान अहिले माल्दिभ्समा बिदा मनाएर भर्किएकी छन् । साराले माल्दिभ्समा आफ्नो जिन्दगीको सुन्दर पलहरु बिताएका फोटाहरु समाजिक सञ्जालमार्फत सार्वजनिक गरिन् । माल्दिभ्सको सुन्दर ठाउँमा विकिनीमा खिचिएको फोटोहरु यतिबेला इन्टरनेटमा भाइरल भएको छ । उनले माल्दिभ्समा स्विमिङ कस्टुम लगाएको एक स्टनिंग भिडियो इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्