काठमाडौं, भदौ २७ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी यो वर्ष ५७ औं राष्ट्रिय बाल दिवस मनाउने भएका छन् ।
‘सामान्य अवस्था वा कोभिड महामारी’ नारा तय गरिएको बालदिवस कार्यक्रमबारे जानकारी दिन आयोजित सञ्चारकर्मीसंगको अन्तक्रियामा परिषदका कार्यकारी निर्देशक मदन धरेलले कोभिडको महामारीमा बालबालिकाको स्वास्थप्रति आफुहरु सम्बेदनशील रहेको जानकारी दिनुभयो ।
दुई दिनसम्म मनाइने बालदिबसको मुख्य आकर्षण सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत सडकदेखि रंगशाला सम्म स्ट्रिट टु स्टेडियम कार्यक्रम रहेको छ । सडकबाट उद्धार गरिएका ४० जना बालबालिकालाई यसमा सहभागी हुनेछन् । संघीय नेपालमा बाल अधिकार बिषयक भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन वटा भिडियो सार्वजनिक गरी प्रथम हुनेलाई २५ , दोश्रो हुनेलाई २० र तेश्रो स्थान हासिल गर्नेलाई १५ हजार रुपैयाँ पुरस्कार समेत दिइनेछ ।
यसैबीच सडक बालबालिका मुक्त अभियानका क्रममा विगत ५ बर्षमा १७ सय ८८ जना बालबालिकाको उद्धार गरिएको जानकारी त्यसअवसरमा दिइयो ।
प्रतिक्रिया दिनुहोस्