६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


मुलुकको विकासका लागि एक दशक महत्वपूर्ण समय छ : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको विकासका लागि एक दशक महत्वपूर्ण समय रहेको बताउनु भएको छ । उहाँले राष्ट्रलाई आवश्यक युवा जनशक्ति भएपनि त्यसको प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा मुलुकको विकास अपेक्षा अनुसार हुन नसकेको बताउनु भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४, कुलेश्वरमा रहेको ज्ञानकुञ्ज एजुकेसन फाउण्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजनीतिक परिवर्तनसँगै मुलुकको समृद्धिका लागि गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री शर्माले सक्षम नागरिक बनाउन विद्यायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक परिवर्तन राष्ट्र निर्माणका लागि मात्र भएकाले शिक्षित जनशक्तिले देशको समृद्धिमा योगदान दिनुपर्ने बताउनुभयो । मन्त्री शर्माले आफूले मुलुक र नागरिकको हितका लागि काम गर्ने भएकाले युवाहरुलाई खबरदारी गर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री शर्माले राष्ट्र निर्माणका लागि सक्षम युवाहरुको साझा संकल्प आवश्यक रहेकाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा मन्त्री शर्माले मुलुकमा जारी व्यापार घाटा वैदेशिक परनिर्भरता अन्त्य गर्न उत्पादन र निर्वाहमुखी अर्थतन्त्रलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पार्नभयो ।