२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


अध्यक्ष भट्टराईको शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिंदै


0
Shares

काठमाडौं । आइतबार राति निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको आज(सोमबार) २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

चलचित्र विकास बोर्डका अनुसार उनको पार्थिव शरीर मध्याह्न साढे १२ बजेदेखि साढे १ बजेसम्म बोर्डको कार्यालय चावहिलमा राखिने छ भने २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

भट्टराईको ५४ वर्षको उमेरमा गएराति निधन भएको हो । भट्टराईलाई हृदयघात भएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका भट्टराईले ‘आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, यात्रा सहितका चलचित्रको निर्माण गरेका थिए ।

भट्टराई २०७५ साल चैत ४ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।