श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसे « Image Khabar


श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसे


Border circle
Imagekhabar

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । सप्तकोसीमा आएको बाढिले पश्चिम क्षेत्रमा धार परिवर्तन गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ को श्रीलंका टापुको गरैयामा गाई बस्तु चराउन गएका गएका ४० जना भन्दा बढि स्थानीय बीच कोसीमा अलपत्र परेका छन् ।

बराहक्षेत्रको ठाकुरवारी पारी पट्टीको भागमा गाई बस्तू चराउन आएका सर्बसाधारणहरुलाई कोसीमा आएको बाढीका कारण सम्पर्क विहिन भएको भन्दै तत्काल स्थानीयले उद्धार गर्न माग गरेका छन् ।

श्रीलंका टापुको सोमवारेको डुडखोला र गरैयामा सप्तकोसीले धार परिवर्तन गरेपछि गोठालो गएका ४० जना सर्बसाधारण सप्कोसीको बीच भागमा अलपत्र परेको बताइएको छ ।

कोठालो गएका सर्बसाधारण कोसीले धार परिवर्तन गरि अलपत्र परेपछी सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सशस्त्र प्रहरी वल ४ नम्बर गण सुनसरीका प्रमुख माधव प्रसाद पौडेल गोताघोर सहितको सुरक्षाकर्मीको उद्धार टोली लिएर घटनास्थल पुगेको छ ।

ठाकुरवारि पारीपट्टी गोठालो गएकाहरु बीच कोसीमा अलपत्र परेको खबर आएको छ । हामी उद्धारका लागि जादैछौं, सशस्त्र प्रहरी प्रमुख पौडेलले भने घटनास्थल पुगेपछि एकिन विवरण आउने छ ।

महिना दिनदेखि सप्तकोसीमा आएको बाढीले कटान गरी मानव बस्ती प्रबेश गर्दा समेत सरकारले कोसी आसपासका सर्वसाधारणको सुरक्षामा चासो नदेखाएको स्थानीय सन्तोष चन्द्रबंसीले बताउनुभयो । उहाँले प्रत्यक बर्ष असार, साउन र भदौं महिनामा कोसीको त्रासले १० हजार भन्दा बढी सर्बसाधारण त्रासमा बस्नु परेको गुनासो गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्