Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


खुला प्रतिस्पर्धामार्फत प्राध्यापकहरु नियुक्त नगरे आन्दाेलन गर्ने नेविसंघकाे चेतावनी


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिले आंशिक प्राध्यापकलाई नै करार प्राध्यापकमा नियुक्त गर्ने निर्णयप्रति आपति जनाएको छ ।

समितिले खुल्ला प्रतिस्पर्धामार्फत प्राध्यापक चयन गर्नुपर्ने माग गर्दै आंशिक प्राध्यापकलाइ नै करारमा नियुक्त गर्ने निर्णयप्रति आपति जनाएको हो ।

२०७४ मंसिर ८ मा १४ सय २० त्रिविका आंशिक प्राध्यापकहरुलाई नै करार सेवामा नियुक्त गर्ने मन्त्री परिषद्को निर्णयलाई लत्याउदै कसैले आन्दोलन गरेकै भरमा दुई हजार आंशिक प्राध्यापकहरु स्वतः करार सेवामा नियुक्त गर्ने कुरा स्वाकार्य छैन समितिका सभापति हरि आचार्य र सचिव योगेन्द्र रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

समितिले करार प्राध्यापकहरुको नियुक्तिलाई तत्काल रोकी खुला प्रतिस्पर्धामार्फत प्राध्यापकहरु नियुक्त गर्न माग गरेको छ ।

नेविसंघले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । त्यस्तै, समितिले आन्दोलनमा उत्पन्न परिरिस्थितिको जिम्मेवारी उप-कुलपति कार्यालयले लिनुपर्ने जनाएको छ ।

नेविसंघले खुला विज्ञापन रोकेर दुई हजार प्राध्यापकहरु करार सेवामा नियुक्त गर्नुको बदनियत के हो भन्दै प्रश्न समेत गरेको छ । ‘हिजो के आधारमा प्राध्यापकहरुको खुला विज्ञापन भयो र परीक्षा नहुँदै स्थगित गर्नुपर्ने बाध्यता आइपर्यो जवाफ चाहियो’, नेविसंघले भनेको छ ।