३ असार २०८१, सोमबार | Mon Jun 17 2024


वर्तमान आर्थिक अवस्थाको जानकारी दिन अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी ‍(पूर्णपाठ)


0
Shares

काठमाडौं । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी(श्वेतपत्र) संसद् समक्ष प्रस्तुत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्नुभएको हो । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्यांकीय झलक प्रस्तुत गरिएको छ ।

अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयो । कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुनः शिथिल बन्न पुगेको जानकारी गराउनुभयो ।

यस्तो छ, अर्थमन्त्री शर्माद्वारा संसद्मा प्रस्तुत गरिएको श्वेतपत्रकाे पूर्णपाठ :