Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


अर्घाखाँची बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो


0
Shares

सागर महत (इमेज)

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा बुधबार भएको यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १३ जना घाइते छन् ।

घटनास्थलमा १७ जना र एकजनाको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।

मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । मृतकहरुमा ११ पुरुष र सातजना महिला छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

गम्भीर घाइते १३ जनालाई उपचारका लागि बुटवल लगिएको छ ।

उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ । राति अँध्यारो भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको सो बस बुधबार अपराह्न ४ बजेतिर दुर्घटना भएको थियो ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

बसमा कति यात्री सवार थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

साँघुरो घुम्तीमा बस मोड्नेक्रममा दुर्घटना भएको जनाइएको छ ।