६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चम्किदैं गायक आयूष घिमिरे, अशोक दर्जीको भन्दा दमदार स्वर(भिडियो)


0
Shares

काठमाडौं । यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् ।

इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ ।

सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ । होम र मुना घिमिरेका छोरा आयुष इलामको हेरिटेज स्कुलमा पढ्छन ।

लिटल आइडल इलाममा पहिलो भएका उनी अहिले आफ्नो विद्यालयमा हुने कार्यक्रममा मात्र गीत गाउँदैनन, उनलाई बाहिरबाट पनि निम्तो आउन थालेको छ ।

भर्खरै सर्वजनिक भएको गीतले धेरै स्रोताले रुचाएका छनु ।

उनलाई इलाम सन्दकपुरका मन्दीप राईले साथ दिएका छन् । मन्दीप राईको शव्दमा सुवि राईले संगीत भरेको गीत विस्तारै चर्चा पाउन थालेको छ ।