
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ ।
जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ । मेयर जिसीलाइ थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल ल्याउने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्