Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


चन्द्रौटा–कृष्णनगर सडक निर्माणले तिव्रता पायो, नेपाल भरात आयत निर्यातमा सहजता हुने


0
Shares

कपिलवस्तु । चन्द्रौटा कृष्णनगर रोड चारलेन निर्माण कार्यले तिव्रता पाएको छ ।

कृष्णनगरदेखि चन्द्रौटा जोड्ने सडक चारलेन निर्माण कार्य सुरु भएपछि यस क्षेत्रका उद्योगी र व्यापारी पनि खुसी भएका छन् ।

भारतीय सीमासँग जोडिएको सडक चारलेन निर्माणसँगै दुई देशीय आयत निर्यातमा सहजता हुने भएको छ ।

राष्ट्रिय गौरवको यो आयोजना सक्न अझै २८ महिना लाग्ने निर्माण कम्पनी दिनेशचन्द्र कालिका कन्ट्रक्सन जेभीले जनाएको छ  ।

गत वर्ष फागुनबाट सुरु निर्माण कार्य आठ महिनाको अवधिमा ५ प्रतिशत मात्र भएको छ । चन्द्रौटादेखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटर रहेको छ ।

दुईलेन रहेको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका साइट म्यानेजर खिम कार्कीले जानकारी दिए ।

चारलेन सडक निर्माणको काम दिन रात दुई सिफ्टमा भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सडक सुधार विकास आयोजनाले प्रत्यक्ष निगरानी गर्ने यो सडकखण्ड निर्माणका लागि भारतीय एक्जिम बैंकले सहयोग गरेको छ ।

सडक सुधार विकास आयोजना र एक्जिम बैंक बीच सडक निर्माणका लागि सम्झौता अनुसार यो सडक निर्माण हुन लागेको हो ।

दुई बीचको सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभिले जिम्मा लिएको छ ।

कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभि भारतीय कन्ट्रक्सन हो । भारतीय एक्जिम बैंकको सहयोग रहेको हुदाँ सडक निर्माणको ५१ प्रतिशत सामाग्री भारतबाट आयात गरिने छ ।

सडक निर्माणको काम सुरु भएसँगै अहिले सडकमा ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम सकिएको छ ।

नाली निर्माणको काम संचालनमा रहेको कम्पनीले जनाएको छ । अब ग्राबेल गरी पिच भत्काउने काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ ।

७० करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा २ सय २० जनाले रोजगारी पाएका छन् । 

Skip This