फोक्सोजस्तो देखिने बेलाको नेकलेसको विश्वभर चर्चा • Image Khabar Image Khabar


फोक्सोजस्तो देखिने बेलाको नेकलेसको विश्वभर चर्चा


Imagekhabar
३० असार २०७८, बुधबार ०८:००

फोक्सोजस्तो देखिने बेलाको नेकलेसको विश्वभर चर्चा

काठमाडौ‌ । मानिको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा पहिरिएकी थिइन् ।

यतिबेला उनको लुक्स भाइरल भइरहेको छ । फिल्म फेस्टिबलको दोस्रो दिन रेड कार्पेटमा सुपरमोडल बेला कालो ड्रेसमा देखिइन् । उनले लगाएको ड्रेस अचम्मको थियो ।

अझ हेर्न लायकको त पहिरिएको नेकलेस थियो । २४ वर्षकी बेलाले मानिसको फोक्सोजस्तै देखिने सुनको आकर्षक नेकलेस लगाएकी थिइन् । उक्त नेकलेस डानियल रोजबेरीको कलेकसनबाट लिइएको थियो यो लुक्सको अहिले संसारभर चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्