काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र चीनको सम्बन्ध जनस्तरमा स्थापित गर्नुपर्ने बताएका छन् ।
राजधानीमा चिनियाँ कलाकार सियाओ बेनको परम्परागत चित्रकलाको आइतबार उद्घाटन गर्दै उनले यस्तो प्रदशनीले दुई देशका जनताबीच भावनात्मक सम्बन्ध बढ्ने बताए ।
कलाकार सियाओले कला र संस्कृति मार्फत नेपाल र चीन बीच सदियौ पुरानो सम्बन्ध रहेको बताए ।
प्रर्दशनीमा चीनको प्राचिन सिल्क रोडमा रहेका प्रकृति, पशुपन्छी र मनोरम सौन्दर्यका ५० वटा चित्रहरु रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्