Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


यातायात कार्यालयका तत्कालिन प्रमुखसहित ३८ कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा


0
Shares

काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका तत्कालिन प्रमुखसहित ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेल सहितको मिलोमतोमा राजश्व समेत छलेर भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

पोखरेलले कार्यालय प्रमुख रहँदा ८ लाख ५९ हजार ५ सय ५० रुपैयाँ राजश्व हिनामिना गरेको भन्दै दोब्बर जरिमाना माग गरिएको छ ।

साथै उनीहरुले २०६९ वैशाख, जेष्ठ र असारमा ड्राइभिङको ट्रायलमा फेल भएका एक हजार दुई सय ८४ जनालाई गैरकानुनी रुपमा लाइसेन्स वितरण गरेको अभियोग अख्तियारले लगाएको छ ।

मुद्धा दायर गरिएकाअरुमा अवकाश पाईसकेका इञ्जिनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, अवकासप्राप्त शाखा अधिकृत राममणी पोखरेल, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी र शम्भुप्रसाद थपलिया, हाल उपसचिव रहेका धर्मराज ढुङ्गाना र बाबुलाल रेग्मीलगायत रहेका छन् ।