२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


भूकम्पमा ध्वस्त वसन्ती दरवारको पुनर्निर्माण सुरु


0
Shares

नुवाकोट । ककनीस्थित ऐतिहासिक वसन्ती दरवारको पुनर्निर्माण सुरु भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ठेक्का सम्झौता भएर रोकिएको दरवारको पुनर्निर्माणको काम यो आर्थिक वर्षबाट सुरु भएको हो ।

दरबारको पुनर्निर्माणको काम पुरातत्व विभागले थालेको छ । पृथ्वीनारायण शाहले विक्रम संवत् १८०१ मा नुवाकोट विजय गरेपछि काठमाडौँ आवतजावत गर्दा बस्नका लागि बनाएको वसन्ती बाग अहिले वसन्ती दरवारका रुपमा चिनिन्छ ।

जीर्ण अवस्थामा रहेको दरवारलाई २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको थियो ।

दरवार पुनर्निर्माणको लागि कीर्तिपूरबाट कालीगढ ल्याइएको छ ।

नेपाली इतिहासको वसन्तीसँग यस दरवारको महत्व जोडिएको छ । वसन्तीलाई यही दरवारमा ल्याएर लुकाइएको इतिहाससमेत रहेको छ ।

जंगबहादुर राणाको पालामा काजी गगनसिंहले रोपाइँमा देखेको मीठु नामकी गाँउले सुन्दरीलाई देखेर मोहित भएपछि दरवारमा लगेर वसन्तीको नामले सुसारे राखेको इतिहास रहेको छ ।

उनकै लागि नुवाकोट ककनीमा निर्माण गरेको दरवार नै वसन्ती दरवारको नामले परिचित रहेको छ ।