बागलुङ । तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ ।
वडा कार्यालयले जिपपार्क लगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो ।
वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ ।
वडा र बागलुङ उद्योग वाणिज्य संघ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएका छन् । सिसी क्यामेरा राख्नुपर्ने स्थानको पहिचान गरी काम अगाडि बढाइएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए ।
बढी सवारी चाप हुने मध्यपहाडी लोकमार्ग क्षेत्रमासमेत सिसी क्यामेरा जडान गरिने बताइएको छ ।
बजारका १६ स्थानमा सिसी क्यामेरा राख्न लागेको वडा कार्यालयले सिसी क्यामेरा जडानका लागि चालू आर्थिक वर्षमा चार लाख बजेट छुट्याएको थियो ।
वाणिज्य संघ गलकोट इकाइले पनि सिसी क्यामेरा जडानलाई वार्षिक कार्यक्रममा राखेको थियो ।
स्तरीय तारसहितका उच्च प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्