
काठमाडौं, जेठ ३१ । सोल्टी होटलले कर्पोरेट ‘इन्टर होटल फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी आइतबार र सोमबार युनाइटेड फुटसल बाफलमा आयोजना हुने दुईदिने प्रतियोगितामा विभिन्न १२ होटलका टिमहरु सहभागी हुनेछन् ।
विश्वकप फुटबलको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताका विजेता टिमले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्